Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

फिल्म ‘नाङ्गो गाउँ’ को पोष्टर सार्वजनिक

फिल्म ‘नाङ्गो गाउँ’ को पोष्टर सार्वजनिक


  • 2.3K
    Shares

    फिल्म ‘नाङ्गो गाउँ’ को पोष्टर सार्वजनिक
    images

    काठमाडौं । आगामी भदौ २९ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘नाङ्गो गाउँ’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बिहिबार सार्वजनिक गरिएको फिल्मको पोष्टरलाई राजनीतिक पृष्ठभूमीमा तयार पारिएको छ ।

    हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो फिल्ममा दीपेन्द्र लामाको लेखन तथा निर्देशन छ । फिल्ममा जय श्रेष्ठ निर्माताको रुपमा छन् । राम श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा आलोक शुक्लाको छायांकन छ ।

    यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका छ । फिल्मको पोष्टरमा यी सबै कलाकारहरुको साथमा शिशिर वाङ्देल, बुद्धि तामाङ, विशाल पहारी, रविन्द्र झा लगायतका कलाकारहरुलाई पनि देख्न सकिन्छ ।

    बनिष शाहको सम्पादन रहेको यो फिल्ममा एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । राजनीतिको कारणले एउटा गाउँमा कति ठूलो समस्या उत्पन्न हुँदैछ र त्यसले कस्तो प्रभाव पारेको छ भन्ने कथालाई फिल्मले प्रस्तुत गरेको छ । 

     

    प्रकाशित मिति :आषाढ २८ २०८० बिहिवार - १५:१३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij