Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

एसीसी इमर्जिङ कप आजबाट, नेपालले पहिलो खेल शुक्रबार खेल्ने

एसीसी इमर्जिङ कप आजबाट, नेपालले पहिलो खेल शुक्रबार खेल्ने


  • 2.4K
    Shares

    • images
    एसीसी इमर्जिङ कप आजबाट, नेपालले पहिलो खेल शुक्रबार खेल्ने
    images

    काठमाडौँ । श्रीलंकामा एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगिता आज (बिहीबार)बाट सुरु हुदैछ । प्रतियोगितामा नेपालसहित ८ देशका टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको पहिलो दिन समूह ए का दुई खेल हुदैछ ।

    प्रतियोगिताको पहिलो खेलमा श्रीलंका ए ले बंगलादेश ए को सामना गर्दै छ । खेल सिंहालिस स्पोर्टस क्लब कोलम्बोमा हुदैछ । प्रतियोगिताको पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छन् ।

    दोस्रो खेलमा अफगानिस्तान ए र ओमान ए भिड्दै छन् । खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा हुनेछ । प्रतियोगिताको पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ प्रतियोगिता सुरुआत गर्न चाहन्छन् । दुवै खेल नेपाली समय अनुसार बिहान १०:१५बजे सुरु हुनेछ ।

    समूह बी मा रहेको नेपालले शुक्रबार आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग खेल्नेछ ।

    प्रकाशित मिति :आषाढ २८ २०८० बिहिवार - ०९:१६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij