Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

फिल्म ‘पापी मान्छे ३’ को निर्माण घोषणा

फिल्म ‘पापी मान्छे ३’ को निर्माण घोषणा


  • 2.7K
    Shares

    फिल्म ‘पापी मान्छे ३’ को निर्माण घोषणा
    images

    काठमाडौँ । नेपाली फिल्म ‘पापी मान्छे ३’ निर्माण हुने भएको छ । १८ वर्षअघिको सुपरहिट फिल्म ‘पापी मान्छे’को सिरिजका रुपमा यो फिल्म निर्माण हुन लागेको हो । 

    आर।सी। पिक्चर्सको प्रस्तुतिमा राज कुमार राईले फिल्म निर्माण गर्न लागेका हुन् । निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले फिल्मको निर्देशन गर्नेछन् ।

    आज बुधवार एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो । सार्वजनिक पोस्टरमा चिपाञ्जीलाई राखिएको छ । 

    निर्देशक पराजुलीले जनावरका साथमा अहिलेका चल्तीका कलाकारहरूलाई लिएर मूलधारको व्यावसायिक फिल्म बनाउन लागिएको बताए । 

    दीपक श्रेष्ठको निर्देशनमा बनेका ‘पापी मान्छे’ र ‘पापी मान्छे २’मा अभिनेता निखिल उप्रेतीको शीर्ष भूमिका थियो, साथमा कुकुर र बाँदरलाई पनि विशेष रुपमा प्रस्तुत गरिएको थियो । कुकुर र बाँदरको अभिनयलाई लिएर पनि ती फिल्मको चर्चा भएको थियो ।

     

    प्रकाशित मिति :आषाढ २७ २०८० बुधवार - १२:५१:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij