Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

इमर्जिङ कप खेल्न जाने नेपाली क्रिकेट टोलीकाे विदाई

इमर्जिङ कप खेल्न जाने नेपाली क्रिकेट टोलीकाे विदाई


  • 2.5K
    Shares

    • images
    इमर्जिङ कप खेल्न जाने नेपाली क्रिकेट टोलीकाे विदाई
    images

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले श्रीलंका भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।

    सोमबार काठमाडौंमा  युवा तथा खेलकुदमन्त्री डिग बहादुर लिम्बु र  क्यान अध्यक्ष चतुरबहादुर चन्द लगायतकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् ।

    नेपाली टाेलीले श्रीलंकामा आयोजना हुन लागेको एसीसी इमर्जिङ टिम्स एसिया कप २०२३  खेल्नेछ ।  नेपाली क्रिकेट टोलीले  टाेली आजै श्रीलंका प्रस्थान गर्नेछ  ।

    टाेलीले केही दिन अघि मात्रै विश्वकप छनाैट खेल खेलेर स्वदेश फर्किएकाे थियाे ।  क्यानले आजै नेपालले आरिफ शेखको स्थानमा अलराउन्डर पवन सर्राफलाई समावेश गरेको छ । नेपाली टोलीमा रोहित पौडेल, आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, देव खनाल, गुल्सन झा र सोमपाल कामी रहेका छन् ।

    प्रतियोगिताका लागि भीम सार्की, श्याम ढकाल, प्रतिस जिसी, ललित राजबंशी, किशोर महतो, सन्दीप जोरा र सुर्य तामाङ पनि अँटाएका छन् । ज्ञानेन्द्र मल्ल नेपाली टोलीबाट बाहिरिएका छन् भने सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरी क्यानडामा आयोजना हुने ग्लोबल टी(२० का कारण राष्ट्रिय टोली बाहिर रहेका छन् ।

    जुलाई १३ देखि २३ तारिखसम्म सन्चालन हुने प्रतियोगिताको पहिलो चरणमा नेपालले भारत ए, पाकिस्तान ए र यूएईसँग खेल्ने छ ।

    प्रकाशित मिति :आषाढ २५ २०८० सोमवार - १०:१०:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij