Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

आज भारत बन्द, ८ करोड भारतीय व्यापारी आन्दोलनमा

आज भारत बन्द, ८ करोड भारतीय व्यापारी आन्दोलनमा


  • 7.2K
    Shares

    आज भारत बन्द, ८ करोड भारतीय व्यापारी आन्दोलनमा
    images

    भारतका व्यापारीहरुले "भारत बन्द"को घोषणा गरेका छन् । ८ करोडभन्दा धेरै व्यापारीहरुले विभिन्न माग राख्दै भारत बन्दको घोषणा गरेका हुन् । 

    वस्तु एवं सेवा कर (जीएसजी), पेट्रोल र डिजेलको मूल्यवृद्धि, ई-वे बिललगायतको विरोध गर्दै व्यापारीहरुले आन्दोलनको घोषणा गरेका हुन् । आन्दोलनमा ४० हजार व्यापारिक सङ्घका झण्डै ८ करोड व्यापारी सहभागी रहेका छन् ।

    अखिल भारतीय व्यापारी सङ्घ (सीएआइका)को पहलमा भएको बन्दलाई समर्थन गर्दै अल अफ इन्डिया ट्रान्सपोर्ट वेलफेयर एशोसिएसनले बिहान ६ देखि ८ बजेसम्म चक्काजाम गरेको थियो ।

    नयाँ ई-वे बिलयुक्त कारोबार रोकथाम तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताका लागि आफूहरुले आन्दोलन गरेको ट्रान्सपोर्ट एशोसिएसनका राष्ट्रिय प्रवक्ता महेन्द्र आर्यको भनाइ छ ।

    बन्दका कारण यातायात सेवा बिहान ६ बजेदेखि ८ बजेसम्म मात्रै चलेका थिए भने ई-बिलयुक्त सामानको बिक्री प्रभावित भएको छ । 

    प्रकाशित मिति :फाल्गुण १४ २०७७ शुक्रवार - ११:४८:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij