Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

हिमालयन बैंकले हस्तान्तरण गर्‍यो १० लाख रुपैयाँ दुर्घटना बीमा रकम

हिमालयन बैंकले हस्तान्तरण गर्‍यो १० लाख रुपैयाँ दुर्घटना बीमा रकम


  • 2.0K
    Shares

    हिमालयन बैंकले हस्तान्तरण गर्‍यो १० लाख रुपैयाँ दुर्घटना बीमा रकम
    images
    काठमाडौं । हिमालयन बैंक लिमिटेडले दुर्घटना मृत्यू बीमा सुविधा अन्तर्गत दश लाख रुपैयाँको दुर्घटना मृत्यृ बीमा दाबी रकम भुक्तानी गरेको छ । यो रकम विशेष तलबी खाता योजना अन्तर्गत हो । बैंकका खातावाला स्व. ईश्वर गुराँगाईको दुर्घटनामा परी असामयिक निधन भएको  थियो । 
     
    निजको पत्नी विमला गुराँगाईलाई सो रकम मिति २०८० साल आषाढ १९ गते सोमबारका दिन बैंकको बनेपा शाखाका शाखा प्रबन्धक सुर्योदय प्रजापतीले शाखाका अन्य कर्मचारीहरु बीच हस्तान्तरण गरेका हुन्  । 
     
    बैंकले उक्त खाता योजनामा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडसँग खातावालाहरुको दुर्घटना मृत्यृ बीमा खरिद गरेको हो । सो रकमले मृतकको परिवारमा केही सहयोग हुन्छ भन्नेमा बैंक आशा गरेको छ । 
     
    हिमालयन बैंकले विशेष तलबी खाता र नारी वचत खाता योजनामा दश लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यृ बीमा सुविधा प्रदान गर्दै आएको छ । अन्य वचत योजनाहरुमा पाँच लाख रुपैयाँसम्मको दुर्घटना मृत्यृ बीमा सुविधा प्रदान गर्दै आएको छ ।
     
     
     
     

     

    प्रकाशित मिति :आषाढ २४ २०८० आइतवार - १६:४८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij