२०८२ फाल्गुण १९ गते मंगलवार
काठमाडौं । शिखर इन्स्योरेन्सले बीमा दाबी लिन आउन बीमितलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै कम्पनीबाट बीमालेख खरिद गरी २०८२ मंसिर १६ गतेदेखि २०८२ फागुन १५ गतेसम्म परेका दाबीको भुक्तानी लिन आउन आग्रह गरेको हो।
सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय दाबी विभाग, कम्पनीको प्रादेशिक कार्यालय, शाखाहरु तथा कम्पनीबाट सम्बन्धित दाबीमा खटाइएका सर्भेयरलाई सम्पकी गरी दाबी लिन आउन अनुरोध गरिन्छ।’
कम्पनीबाट हालसम्म बीमितका नाममा दाबी फर्छ्यौट पुर्जा पठाएको दाबीहरु सम्बन्धमा समेत उपरोक्तबमोजिम समयावाधिमा आवश्यक सम्पूर्ण कागजात तथा दाबी फर्छ्यौट पुर्जामा सहीछाप गरी दाबी फछ्र्यौट पुर्जा कम्पनीमा प्राप्त नभएको तथा बीमित र बीमितका प्रतिनिधि सम्पर्कमा नआएमा सम्बन्धित व्यक्तिको दाबी फाइल बन्द गरिने कम्पनीले स्पष्ट पारेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij