Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

रणवीर र आलियाको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ को ट्रेलर सार्वजनिक 

रणवीर र आलियाको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ को ट्रेलर सार्वजनिक 


  • 2.8K
    Shares

    रणवीर र आलियाको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ को ट्रेलर सार्वजनिक 
    images

    काठमाडौँ । रणवीर सिंह र आलिया भट्ट स्टारर बलिउड फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ को ट्रेलर सार्वजनिक भएको छ। धर्मा प्रडक्सन युट्युबमार्फत सार्वजनिक भएको ट्रेलर आलिया र रणवीरको प्रेमसम्बन्ध वरिपरि घुमेको छ।

    ट्रेलरमा आलिया र रणवीरको बढ्दो निकटता र बिहे प्रसङ्गलाई समेटिएको छ। उनीहरुले प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न खोज्दा आउने समस्या र भोग्नुपरेको चुनौतीलाई ट्रेलरमा देखाइएको छ।  

    फिल्ममा रणवीर र आलियाका साथै धर्मेन्द्र, जया बच्चन, शबाना आजमी, रोनित रोय लगायतको अभिनय रहेको छ। धर्मा प्रडक्सन र भियाकम १८ को निर्माण रहेको फिल्ममा करण जोहरको निर्देशन रहेको छ। यस फिल्ममार्फत करणले ६ वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन्। 

    फिल्म २८ जुलाई अर्थात् साउन १२ गतेबाट प्रदर्शन हुँदैछ।

     

    प्रकाशित मिति :आषाढ १९ २०८० मंगलवार - १६:३०:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij