Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

सन्दीप र गुल्सनको उत्कृष्ट साझेदारीपछि नेपालले बनायो २६८ रन

सन्दीप र गुल्सनको उत्कृष्ट साझेदारीपछि नेपालले बनायो २६८ रन


  • 2.5K
    Shares

    • images
    सन्दीप र गुल्सनको उत्कृष्ट साझेदारीपछि नेपालले बनायो २६८ रन
    images

    काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार भएको प्लेअफ चरणको खेलमा नेपालले आयरल्यान्डलाई दुई सय ६९ रनको लक्ष्य दिएको छ । टस हारी पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ६८ रन बनाएको हो ।

    नेपालका लागि गुल्सन झाले अर्धसतकीय पाली खेले । उनले अविजित ५७ रन बनाए । नवौं नम्बरमा ब्याटिङ गर्न आएका उनले ४२ बलको सामना गरी तीन छक्का र चार चौका प्रहार गरे । अर्जुन साउदले ४८ रन बनाए । कुशल मल्लले ४४ र सन्दीप लामिछानेले ३२ रन जोडे । सन्दीप र गुल्सनले ८० रनको साझेदारी गरेका थिए ।

    पहिलो विकेटका रुपमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्ते आउट भएका थिए । उनी आठ रन बनाउँदै आउट भए । उनको विकेट क्रेग योङले लिए । त्यतिबेला नेपालले ८.१ ओभरमा २७ रन बनाएको थियो । 

    दोस्रो विकेटका रुपमा अनुभवी ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल केवल सात रन बनाउँदै आउट भएका थिए । उनको विकेट पनि क्रेग योङले नै लिएका थिए । दोस्रो विकेट गुमाउँदा नेपाल १२.३ ओभरमा ४४ रन बनाएर खेल्दै थियो ।

    कप्तान रोहित पौडेल तेस्रो विकेटका रुपमा पेभेलियन फर्किएका थिए । उनले ३५ बलको सामना गरी एक छक्का र दुई चौकाको मद्दतले २९ रन बनाएका थिए । उनको विकेट कर्टियस क्याम्फेरले लिएका थिए । रोहित आउट हुँदा नेपालको कूल स्कोर ९४ रन थियो ।

    यसैगरी नेपालको चौथो विकेट गारेथ डेलानीले लिए । उनले ओपनर ब्याट्सम्यान अर्जुन साउदलाई ४८ रनमा आउट गरे । विकेटकिपर ब्याट्सम्यान अर्जुनले पेभेलियन फर्किनुअघि ८४ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काएका थिए । उनी आउट हुँदा नेपालको स्कोर एक सय तीन रन थियो । 

    नेपालले पाँचौं विकेटका रुपमा भीम सार्कीलाई गुमाएको थियो । उनी २० रन बनाउँदै आउट भएका हुन् । उनको विकेट बेरी म्याकार्थीले लिएका हुन् । भीम आउट हुँदा नेपालले हालसम्म ३५.२ ओभरमा एक सय ६२ रन बनाएको थियो । 

    यसैगरी छैटौं विकेटका रुपमा अनुभवी ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी आउट भएका हुन् । उनी खाता खोल्नुअघि नै आउट भए । उनको विकेट एन्डी ब्रायनले लिएका हुन् । उनी आउट हुँदा नेपालले एक सय ६९ रन बनाएको थियो ।

    सातौँ विकेटका रुपमा कुशल मल्ल आउट भएका थिए । उनले ३८ बलको सामना गरी दुई छक्का र पाँच चौकाको मद्दतले ४४ रन बनाएका थिए । उनको विकेट बेरी म्याकार्थीले लिएका थिए । कुशल मल्ल आउट हुँदा नेपालले एक सय ७३ रन बनाएको थियो ।

    आठौं विकेटका रुपमा पेभेलियन फर्किएका सन्दीप लामिछानेले उत्कृष्ट पाली खेले । उनले ३२ रनको योगदान गरे । सन्दीपले ३० बलको सामना गरी एक छक्का र तीन चौका हिर्काए । उनको विकेट मार्क एडियरले लिए । त्यतिबेला नेपालले दुई सय ४९ रन बनाएको थियो । नवौं विकेटका रुपमा करण केसी चार रन बनाउँदै आउट भए । उनको विकेट मार्क एडियरले लिए ।

     

    प्रकाशित मिति :आषाढ १९ २०८० मंगलवार - १५:४३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij