२०८२ भाद्र १ गते आइतवार
गोरखा । गोरखाको बारपाक सुलिकोट गाउॅपालिका वडा नं ६ ताकुकोट भालेढुङ्गामा फागुन १९ देखि २२ गते सम्म राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
सहिद इन्द्रा थापा स्मृती कप २०७७ नामाकरण गरिएको प्रतियोगिताको आयोजना लालीगुरॅास युवा जागरण क्लवले गर्न लागेको हो ।
प्रथम पुरस्कार नगद रु ५०,०७७ र द्वितीय पुरस्कार नगद रु २५,०७७ रहेको उक्त प्रतियोगितामा बेस्टप्लेयर, फियर टिम, बेस्टकोच, बेस्ट डिफेन्डर, बेस्ट स्काईप, बेस्ट लिफ्टर, बेस्ट ब्लकर, बेष्ट सर्भरलाई समेत नगद पुरस्कार, कप , प्रमाणपत्र दिईने प्रतियोगिताको संयोजक सरोज थापाले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij