२०८२ भाद्र ९ गते सोमवार
काठमाडौँ । जिम्बाब्वेमा जारी आइसिसी एक दिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानका लागि भइरहेको खेलमा आयरल्याण्डविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटको रूपमा कुशल भुर्तेललाई गुमाएको हो ।
उनी ८.१ ओभरमा व्यक्तिगत ८ रनमा आउट भए । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले यो समाचार तयार पार्दासम्म ९ ओभरमा एक विकेट गुमाएर २९ रन बनाएको छ ।
नेपाल र आयरल्याण्डबीचको खेल हरारे स्पोर्ट्स क्लबमा भइरहेको हो । आयरल्याण्डविरुद्ध नेपालले प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले आज आरिफ शेख र प्रतिश जिसीलाई विश्राम दिएर कुशल मल्ल र किशोर महतोलाई मौका दिएको हो ।
प्लेअफमा विजयी भएपछि नेपाल र आयरल्याण्डले सातौं स्थानका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालले प्लेअफमा सेमिफाइनलमा यूएईविरुद्ध ३ विकेटको जित निकाल्दै आयरल्याण्डसँगको भेट पक्का गरेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij