Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

नरेनको शतकमा मलेसियाविरुद्ध नेपालले दियो २५३ रनको लक्ष्य

नरेनको शतकमा मलेसियाविरुद्ध नेपालले दियो २५३ रनको लक्ष्य


  • 2.1K
    Shares

    नरेनको शतकमा मलेसियाविरुद्ध नेपालले दियो २५३ रनको लक्ष्य
    images

    काठमाडौं। एसीसी यू-१६ इस्ट जोन कपको अहिले भइरहेको फाइनलमा नेपालले मलेसियालाई २ सय ५३ रनको लक्ष्य दिएको छ।

    पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन जोड्यो । नरेन भट्टले अविजित एक सय १२ रन बनाए।

    तेस्रो नम्बरमा ब्याटिङमा आएका नरेनले पाँचौँ विकेटका लागि सन्तोष यादवसँग एक सय ४ रनको साझेदारी गरेका थिए। उनले ८९ बलमा २ छक्का र १० चौका प्रहार गरेका छन्।

    नेपालले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दै मध्यम सुरुवात गरेको थियो। निरज कुमार यादवले ४७ रन बनाए। लिग चरणमा यी दुई टोली भिडेकामा मलेसिया ९९ रनमा समेटिएको थियो ।

    प्रकाशित मिति :आषाढ १९ २०८० मंगलवार - ०९:२७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij