२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । मलेसियामा जारी एसीसी मेन्स अन्डर–सिक्स्टिन ईस्ट जोन क्रिकेटको फाइनल प्रवेशका लागि नेपालले सिंगापुरलाई १ सय ८५ रनको विजयी लक्ष्य दिएको छ। मलेसियाको बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रन बनायो।
नेपालका लागि सुर्यांशु कोइरालाले ४९ बलको सामना गर्दै ४३ रन बनाउँदा निरज कुमार यादवले ४९ बल नै खेल्दै ४२ रन बनाए। नेपाली टोलीका क्याप्टेन अविशेक तिवारीले २५ रन बनाउँदा सन्तोष यादवले १८ रन बनाए। यस्तै प्रतिक भट्टराईले १२ रनको योगदान गरे भने दिपु कुमारले नटआउट १२ रन नै बनाए।
सिंगापुरका हरिहरणले ३ विकेट लिए भने हर्ष भेङ्कटम र कविर विरालाले समान २ विकेट लिए। घरेलु टोली मलेसियालाई पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपाल आज सिंगापुरलाई पराजित गर्दै फाइनलमा स्थान बनाउन चाहन्छ।
सेमिफाइनलको अर्को खेलमा मलेसियाले हङकङलाई १ सय ५६ रनको विजयी लक्ष्य दिएको छ। उपाधिका लागि दुई विजेता टोली र तेस्रो स्थानका लागि दुई पराजित टोलीबीच भोलि नै खेल हुने छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij