Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

निराजन र रितिका बने मिस्टर एण्ड मिस एसपीए

निराजन र रितिका बने मिस्टर एण्ड मिस एसपीए


  • 2.6K
    Shares

    निराजन र रितिका बने मिस्टर एण्ड मिस एसपीए
    images

    धनगढी । धनगढीको ओम प्यालेसमा शनिबार राति भएको एक कार्यक्रममा निराजन नेपाली र रितिका सुनारले मिस्टर एण्ड मिस एसपीएको उपाधि जितेका छन् ।

    धनगढी २ मा बस्ने निराजन एसपीएको स्नातक तहमा अध्ययनरत् छन् । धनगढी शिवनगरकी रितिका एसपीएको कक्षा १२ मा अध्ययनरत छिन् । 

    विजेताहरु एक वर्ष एसपीए कलेजको ब्रान्ड एम्बास्डर बन्नेछन् । उनीहरुलाई एकवर्ष कलेजले छात्रवृत्ति उपलब्ध गराउनेछ । त्यसबाहेक उनीहरुले विभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । 

    मिस्टर एसपीए बनेपछि निराजनले मनोरञ्जन क्षेत्रमा आफूले देखेको पहिलो खुट्किलोका रुपमा यो उपाधि रहेको बताए । मिस एसपीए बनेकी रितिकाले भविष्यमा मोडलिङ प्रवेश गर्नका लागि मिस एसपीएको उपाधिले ठूलो सहयोग पुर्याउँने बताइन् ।

    एसपीए कलेजले कला र मनोरञ्जन क्षेत्रमा रुचि भएका विद्यार्थीहरुको प्रतिभा प्रस्फुटित गर्ने उद्देश्यले प्रत्येक वर्ष मिस एण्ड मिस्टर एसपीए कार्यक्रम आयोजना गर्दै आएको छ । उनीहरुलाई झण्डै एक महिना लामो प्रशिक्षण पश्चात मिस्टर एण्ड मिस एसपीए कार्यक्रममा सहभागि गराइएको हो । 

     

     

    प्रकाशित मिति :आषाढ १७ २०८० आइतवार - १६:४१:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij