२०८२ भाद्र ९ गते सोमवार
काठमाडौँ । आईसीसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई १८२ रनको लक्ष्य दिएको छ । हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएई ४६।५ ओभरमा १८१ रन बनाउँदै अल आउट भयो ।
यूएईका लागि भ्रीत्या अर्भिन्दले सर्वाधिक ४४ रन बनाए । त्यस्तै रोहन मुस्ताफाले ३५, बसिद हमिदले २९,अर्यांश शर्माले २८ र सञ्चित शर्माले १२ रन बनाए । बाँकी ब्याट्मेनले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि सन्दिप लामिछाने र करण केसीले समान तीनरतीन विकेट लिए । त्यस्तै प्रतिश जीसी, गुल्सन झा र दिपेन्द्र सिंह ऐरीले एकरएक विकेट लिए ।
आजको खेलको विजेता टोलीले सातौँ स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवौँ स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij