२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । नायक आमेश भण्डारीले आफूले गायिका समिक्षा अधिकारीको खराब परिस्थितिमा साथ दिएको स्पष्ट पारेका छन् । अहिले आफू र समिक्षा एकदमै मिल्ने साथी बनेको उनको भनाई छ । भण्डारीले हालै समिक्षा अष्ट्रेलिया रहेको बेलामा आफूहरुले टिकटक बनाएको बताए ।
उनले समिक्षा आफूलाई एकदमै सशक्त र परिपक्व युवती लागेको बताए । समिक्षाले आगामी दिनमा अझै धेरै प्रगति गर्ने उनको विश्वास छ । उनले भने,‘समिक्षाको जीवनमा भोलि जो नै आएपनि उ एकदमै धेरै लक्की हुन्छ जस्तो लाग्छ मलाई । मलाई थाहा छैन–म त्यो लक्की मान्छे हो कि होईन ? किनभने भर्खरै त चिनजान भैइरहेको छ ।’
आमेशले आफूसँग विवाहको प्रस्ताव लिएर समिक्षाको परिवार आए आफूले हुन्छ भन्ने प्रतिक्रिया दिए । उनले भने,‘अब उमेर पनि भैसक्यो नि मेरो ।’ उनले आफू र समिक्षाबीच लामो कुराकानी हुने गरेको स्विकारे । अहिले आफू नेपालमा रहँदा पनि समिक्षासँग भेट भैरइहेको उनले सुनाए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij