Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

दोस्रो बलमै नेपालले लियो सुरुवाती सफलता

दोस्रो बलमै नेपालले लियो सुरुवाती सफलता


  • 2.8K
    Shares

    • images
    दोस्रो बलमै  नेपालले लियो सुरुवाती सफलता
    images

    काठमाडौं । विश्वकप क्रिकेट छनोटको प्ले अफमा यूएई विरुद्धको खेलका करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका छन् । टस जितेर फिल्डिङ रोजेको नेपालका लागि केसीले दोस्रो बलमा नै विकेट लिएका हुन् ।

    यूएईसँगको खेलमा  ज्ञानेन्द्र मल्ल, अर्जुन साउद र प्रतिश जिसी प्लेइङ इलाभेनमा परेका छन् । जिम्बाव्वेको हरारेमा चलिरहेको विश्वकप छनोटका समूह चरणको खेलमा यी तीनै जनाले खेल्न पाएका थिएनन् ।

    कुशल मल्ल, आरिफ शेख र ललित राजवंशीलाई आराम दिँदै उनीहरुलाई मैदान उतारिएको हो ।

    विश्वकपको सुपर सिक्समा पुग्न नसकेको नेपालले यूएईसँग प्ले अफ खेल्न लागेको हो । अहिलेको खेलको विजेताले सातौं स्थानका लागि आयरल्याण्डसँग र पराजित टिमले नवौं स्थानका लागि अमेरिकासँग खेल्ने छ ।

    प्रकाशित मिति :आषाढ १७ २०८० आइतवार - १२:०२:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij