Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

श्रीलङ्काले नेदरल्यान्ड्सलाई दियो २१४ रनको लक्ष्य

श्रीलङ्काले नेदरल्यान्ड्सलाई दियो २१४ रनको लक्ष्य


  • 2.0K
    Shares

    • images
    श्रीलङ्काले नेदरल्यान्ड्सलाई दियो २१४ रनको लक्ष्य
    images

    काठमाण्डौ । आईसीसी एकदिवसीय विश्वकप छनोटको सुपर सिक्स खेलमा श्रीलङ्काले नेदरल्यान्ड्सलाई २ सय १४ रनको लक्ष्य दिएको छ ।

    जिम्बावेको क्विन्स स्पोर्ट्स क्लबमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्का ४७ ओभर ४ बलमा २ सय १३ रनमा अलआउट भयो । श्रीलङ्काका धनञ्जय डी सिल्भाले सर्वाधिक ९३ रन र दिमुथ करुनारत्नेले ३३ रन बनाए ।

    १३१ रन बनाउँदा ७ विकेट गुमाएको अवस्थामा श्रीलङ्काका धनञ्जय र महेश थिक्सेनाले आठौँ विकेटका लागि ७७ रनको साझेदारी गर्दै टोलीलाई सम्हालेका थिए । बलिङतर्फ नेदरल्यान्ड्सका लोगन भान वीक र बास डी लिडेले ३र३ विकेट लिए । श्रीलङ्काले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

    प्रकाशित मिति :आषाढ १५ २०८० शुक्रवार - १६:०५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij