Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

मलेसियालाई ८४ रनको फराकिलो अन्तरले हराउँदै नेपाल समूह विजेता

मलेसियालाई ८४ रनको फराकिलो अन्तरले हराउँदै नेपाल समूह विजेता


  • 4.0K
    Shares

    • images
    मलेसियालाई ८४ रनको फराकिलो अन्तरले हराउँदै नेपाल समूह विजेता
    images

    काठमाडौँ । मलेसियामा जारी एसीसी इस्ट जोन यू-१६ प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा घरेलु टोलीलाई पराजित गर्दै नेपाल समूह ए को विजेता बनेको छ । शुक्रवार भएको समूह चरणको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसयालाई ८४ रनको फराकिलो अन्तरले हराएको हो । 

    नेपालले दिएको  १८४ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया ३०।५ ओभरमा ९९ रनमै अलआउट भयो । मलेसियाका मोहम्मद हैरिलले २५, मोहम्मद आलिफले १५ र आशिष लुहारले १२ रन नाउनुबाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

    नेपालका लागि अशोक धामीले ७ ओभरमा १४ रन खर्चिएर ४ विकेट लिए । कप्तान अभिषेक तिवारीले ३ तथा सन्तोष यादवले २ विकेट लिए । नेपालले मलेसियालाई हराएसँगै समूह विजेता बन्दै सेमिफाइनल खेल्न पुगेको छ । मलेसिया पनि सेमिफाइनलमा पुगि सकेको छ ।

    बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३३ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय ८३ रन बनाएको थियो । नेपालले पहिलो खेलमा थाईल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो ।

    प्रकाशित मिति :आषाढ १५ २०८० शुक्रवार - ११:५०:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij