Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

वैवाहिक जीवनमा बाँधिए ‘दर्पण छाया २’ का कलाकार सहारा र फिरोज  

वैवाहिक जीवनमा बाँधिए ‘दर्पण छाया २’ का कलाकार सहारा र फिरोज  


  • 2.6K
    Shares

    वैवाहिक जीवनमा बाँधिए ‘दर्पण छाया २’ का कलाकार सहारा र फिरोज  
    images

    काठमाडौंँ । फिल्म ‘दर्पण छाया २’ की अभिनेत्री सहारा कार्की र अभिनेता फिरोज तिमल्सिनाले विवाह गरेका छन् । गत साता इन्गेजमेन्ट गरेका उनीहरुले अमेरिकामै लगनगाँठो कसेका हुन् ।

    करिब ६ वर्षको लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका उनीहरूको विवाह समारोहमा दुई पक्षका सीमित परिवार सदस्यको उपस्थिति थियो । पछिल्लो समय दुवै अमेरिका बस्दै आएका छन् ।

    ‘दर्पण छाया २’ सहाराले पुष्पको अपोजिटमा अभिनय गरेकी थिइन् भने उनीहरूको घनिष्ठ साथीको भूमिकामा फिरोज थिए । यही फिल्मबाट सहारा र फिरोज बीच प्रेम अंकुराएको बताइन्छ ।

    सहारा र फिरोजले ‘मेरी प्रिया’ र ‘किन’ गीतको म्युजिक भिडियोमा पनि एकसाथ काम गरेका छन् । दुवै गीतमा फिरोजको आवाज छ ।



    प्रकाशित मिति :आषाढ १४ २०८० बिहिवार - १०:०६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij