Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

चीनको निङ्जिया सहर ग्याँस विस्फोट हुँदा, ३१ जनाको मृत्यु

चीनको निङ्जिया सहर ग्याँस विस्फोट हुँदा, ३१ जनाको मृत्यु


  • 2.4K
    Shares

    चीनको निङ्जिया सहर ग्याँस विस्फोट हुँदा, ३१ जनाको मृत्यु
    images

    काठमाडौं । चीनको उत्तरपश्चिमी भागको निङ्जिया सहरमा बुधबार राति भएको ग्यास विष्फोटमा ३१ जनाको मृत्यु भएको छ।

    निङ्जिया सहरमा रहेको एक रेस्टुरेन्टमा विष्फोट भएको चिनिया सञ्चारमाध्यम सिन्ह्वाले जनाएको छ।  एलपीजी ग्यास ट्याङ्कीमा लिकेज भएर विष्फोट भएको जनाइएको छ। विष्फोटमा परी ७ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

    राष्ट्रपति सी चिनफिङले दुर्घटनामा मृत्यु भएका परिवारलाई तत्काल राहत र घाइतेको उपचारमा सहयोग गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। सीले महत्वपूर्ण उद्योग तथा क्षेत्रहरूमा सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्। 

    यसअघि पनि चीनमा ग्यास र केमिकल विस्फोटका घटना भइसकेका छन्। सन् २०१५ मा शृङ्खलाबद्ध विस्फोटमा १७३ जनाको मृत्यु भएको थियो। एजेन्सी

     

    प्रकाशित मिति :आषाढ ७ २०८० बिहिवार - ०९:४८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij