२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । गल्फका स्टार खेलाडी टाइगर उड्स सडक दुर्घटनामा परेका छन् । अमेरिकी गल्फर उड्स क्यालिफोर्नियाको लस एन्जल्स नजिकै रान्चो पालोस भर्डेसमा कार दुर्घटनामा परेर घाइते भएका हुन् ।
उडको खुट्टामा गम्भीर चोट लागेको बताइए छ । उनको खुट्टाको शल्यक्रिया भइरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन्।
परम्भिक रिपोर्ट अनुसार तीव्र गतिका कारण उनको दुर्घटना भएको बताइएको छ । उनको कार सडकबाट उछिटिएर तल झरेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
गल्फको मुख्य प्रतियोगितामा १५ पटकको च्याम्पियन उडको दुर्घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ। उनको कारको अगाडि र पछाडिको भाग क्षतिग्रस्त बनेकोछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij