Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

टाइटनिक जहाज हेर्न गएको पनडुब्बी एटालान्टिक महासागरमा बेपत्ता

टाइटनिक जहाज हेर्न गएको पनडुब्बी एटालान्टिक महासागरमा बेपत्ता


  • 4.0K
    Shares

    टाइटनिक जहाज हेर्न गएको पनडुब्बी एटालान्टिक महासागरमा बेपत्ता
    images

    काठमाडौं । टाइटानिक जहाज हेर्नका लागि गएको पनडुब्बी अचानक बेपत्ता भएको छ । जहाज बेपत्ता भए पछि उद्धार टोलीले एट्लान्टिक महासागरमा खोजी कार्य जारी राखेको छ । पर्यटकलाई टाइटानिकको भग्नावशेषमा लैजान प्रयोग गरिदै आएको पनडुब्बी एट्लान्टिक महासागरमा  बेपत्ता भएकाको खोजी र उद्धार अभियान सुरु गरेको बोस्टन कोस्टगार्डले बीबीसीलाई बताए। 

    बेपत्ता पनडुब्बीमा कति यात्रु सवार थिए भन्ने अझै खुल्न सकेको छैन । टाइटानिकको भग्नावशेष क्यानडाको तटबाट ४०० नटिकल माइल टाढा एट्लान्टिक महासागरको मुनि ३,८०० मिटर तल छ। 

    सो पानी जहाज अप्रिल १९१२ मा आफ्नो पहिलो यात्रामा आइसबर्गमा ठोक्किए पछि डुबेको थियो । सो जहाजमा रहेका २२ सय जना मध्ये ६०७ जना मात्र बाँचेका थिए । जुन जहाज १९८५ मा पत्ता लागेको थियो ।

    पछिल्ला वर्षहरूमा साना पनडुब्बीहरूवाट टाइटनिक जहाजको देखाउनका लागि पर्यटकहरूवाट पठाउन थालिएको थियो । जसमध्येको कम्पनी ओसनगेट एक्सपिडिसनले प्रति यात्रु  २ लाख ५० हजार युरो लिँदै उनीहरूलाइ टाइटनिक जहाज देखाउँथे । तर, सोमवार देखी सो जहाज बेपता छ ।

    कम्पनीले एक विज्ञप्तिमार्फत पुष्टि गर्दै भनेको छ,'हराइरहेको पनडुब्बीको स्वामित्व हाम्रो कम्पनिसँग छ, सो पनडुब्बीमा मानिसहरु छन्, जसको खोजी भइरहेको छ।'

    ‘हामी चालक दललाई सुरक्षित रूपमा फिर्ता ल्याउन सबै विकल्पहरूको खोजी र परिचालन गरिरहेका छौं,’ कम्पनिले भनेको छ, ‘हाम्रो सम्पूर्ण फोकस पनडुब्बीमा चालक दलका सदस्यहरू र तिनीहरूका परिवारहरूमा छ।’ सो कम्पनिले अगाडी भनेको छ, ‘हामी चालक दलका सदस्यहरूको सुरक्षित फिर्ताको दिशामा काम गरिरहेका छौं।’ एजेन्सी

     

    प्रकाशित मिति :आषाढ ५ २०८० मंगलवार - १५:३८:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij