Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

शतक बनाउन चुके कुशल, ९९ रनमा आउट

शतक बनाउन चुके कुशल, ९९ रनमा आउट


  • 1.7K
    Shares

    • images
    शतक बनाउन चुके कुशल, ९९ रनमा आउट
    images

    काठमाडौं । आईसीसी विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेविरुद्ध नेपालका ओपनर ब्याटर कुशल भुर्तेल ९९ रनमा आउट भएका छन् ।

    कुशल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट राष्ट्रविरुद्ध शतक बनाउने पहिलो ब्याटर बन्नबाट एक रनले चुके । कुशल ९६ बलमा १३ चौका र दुई छक्कासहित ९९ रन बनाए ।

    हरारे स्पोर्ट्स मैदानमा टस हारेपछि ब्याटिङमा आएको नेपालका कुशल चौथो ओभरमा एक रनमा रहँदा क्याच आउट हुनबाट बचेका थिए । रिचार्ड एन्गाराभाले गरेको बलको चौथो ओभरको चौथो बलमा सिकन्दर राजाले कुशलको क्याच छुटाएका थिए ।

    नेपालले अहिले ३२ ओभरमा एक विकेट गुमाएर १७१ रन बनाएको छ । हाल क्रिजमा रहेका आसिफ शेख ६५ र कुशल मल्ल शुन्यमा खेलिरहेका छन् ।

    भुर्तेल र आसिफले पहिलो विकेटका लागि १७१ रनको कीर्तिमानी साझेदारी गरे । यो नेपालबाट आसिफ र कुशलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो विकेटका लागि अहिलेसम्मकै उच्च साझेदारीसमेत हो ।

    यसअघि पहिलो विकेटका लागि यही जोडीले सन् २०२२ को जुन १४ मा ओमानविरुद्ध ११४ रनको साझेदारी गरेका थिए ।

    नेपाल र जिम्बाब्वेबीचको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको यो पहिलो खेल हो । नेपालले पहिलोपटक टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।

    नेपालले यसअघि जिम्बाब्वविरुद्ध ५० ओभरको एकमात्र खेल खेलेको छ । लिस्ट ‘ए’ मान्यता रहेको उक्त खेलमा नेपाल ११६ रनले पराजित भएको थियो ।

    आईसीसी क्रिकेट विश्वकप लिग–२ का पछिल्लो १२ मध्ये ११ खेलमा जितको नतिजा निकालेको नेपाल घरेलु टिमविरुद्ध पनि सोही लयलाई निरन्तरता दिने योजनामा छ ।

    प्रकाशित मिति :आषाढ ३ २०८० आइतवार - १४:४२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij