Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

विश्वकप क्रिकेट: जिम्बाव्वेविरुद्ध कुशल भुर्तेलको अर्धशतक पूरा

विश्वकप क्रिकेट: जिम्बाव्वेविरुद्ध कुशल भुर्तेलको अर्धशतक पूरा


  • 2.6K
    Shares

    • images
    विश्वकप क्रिकेट: जिम्बाव्वेविरुद्ध कुशल भुर्तेलको अर्धशतक पूरा
    images

    काठमाडौं । विश्वकप क्रिकेट छनोटमा कुशल मल्लले जिम्बाव्वेविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

    हरारेमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालका लागि ‌ओपनिङ गरेका कुशलले ६३ बलमा अर्धशतक पूरा गरेका हुन् । त्यसक्रममा उनले ८ चौका हानेका छन् ।

    २० औं ओभरको अन्तिम बलमा सिन विलियम्सलाई सिंगल प्रहार गर्दै भुर्तेलले अर्धशतक पूरा गरेका हुन् । एक दिवसीय क्रिकेटमा यो उनको छैटौं अर्धशतक हो ।

    व्यक्तिगत एक रन बनाउँदा चौथो ओभरमै जिवनदान पाएका कुशलले त्यसपछि आक्रमक ब्याटिङ गरे । जिम्बाव्वेका सिकन्दरा राजाले भुर्तेललाई फस्ट स्लिपमा ड्रप गरेका थिए । उनको अर्धशतक मद्दमा नेपालले २० ओभरको खेल सकिँदा बिना क्षति ८४ रन बनाएको छ । अर्का ओपनर आसिफ शेख २९ रनमा खेलिरहेका छन् ।

    नेपालले पाँच वर्षपछि जिम्बाब्बेसँग ५० ओभरको खेल खेलेको हो । नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्रसँग खेलेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलसमेत हो ।

    प्रकाशित मिति :आषाढ ३ २०८० आइतवार - १३:१३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij