Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

सुडानमा भएको हवाई हमलामा १७ जनाको मृत्यु

सुडानमा भएको हवाई हमलामा १७ जनाको मृत्यु


  • 3.2K
    Shares

    सुडानमा भएको हवाई हमलामा १७ जनाको मृत्यु
    images

    सुडान । सुडानको राजधानी खार्तुममा भएको हवाई हमलामा १७ जना सर्वसाधारणको मृत्यु भएको छ । मारिनेमा ५ जना बालबालिका पनि रहेका छन् । यस हमलामा खार्तुमको यरमौक निकट क्षेत्रमा भएको हवाई हमलाका कारण २५ वटा घर ध्वस्त भएका छन् ।

    सेनाका एक शीर्ष जनरलले एक दिनअघि अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सविरुद्ध हमला तीव्र गर्ने चेतावनी दिएका थिए । जुन महिनाको सुरुवातमा आरएसएफले यरमौकमा पूर्ण नियन्त्रणको दाबी गरेको थियो । 

    पछिल्लो दुई महिनादेखि सुडानमा सेना र आरएसएफबीच लडाइँ चलिरहेको छ । यस द्वन्द्वमा १ हजारभन्दा धेरै मानिस मारिएका छन् । २० लाखभन्दा मानिस सुडानभित्र विस्थापित भएको संयुक्त राष्ट्रले जनाएको छ । त्यस्तै ५ लाखभन्दा बढी मानिस देश छाडेर छिमेकी देशमा शरण लिएका छन् ।

     

    प्रकाशित मिति :आषाढ ३ २०८० आइतवार - ११:०६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij