२०८२ फाल्गुण २१ गते बिहिवार
फेसबुकले अस्ट्रेलियामा समाचारमा लगाएको प्रतिबन्ध हटाउने भएको छ। सामाजिक सञ्जाल जाइन्टले गएको बिहीबारदेखि अस्ट्रेलियाका प्रयोगकर्ताले फेसबुकमा समाचार हेर्न वा सेयर गर्न नपाउने बनाएको थियो।
तर मंगलबार फेसबुकले सो प्रतिबन्ध फुकुवा गर्ने बताएको हो। अस्ट्रेलियाका वित्त प्रमुख जस फ्रीडेन्बर्ग र फेसबुकका प्रमुख मार्क जुकरबर्गबिच भएको कुराकानीमा आउँदा दिनमा प्रतिबन्ध फुकुवा गर्ने सहमति भएको जनाइएको छ।
फेसबुकले आपत्ति जनाएको कानूनमा संशोधन गरिने पनि फ्रीडेन्बर्गले बताएका छन्। समाचारजन्य सामग्रीका लागि फेसबुकले पैसा तिर्नु पर्ने अस्ट्रेलियाको प्रस्तावित कानूनको विरोधमा यस्तो प्रतिबन्ध लगाइएको थियो।
गुगल तथा फेसबुकसहितले प्रस्तावित कानून इन्टरनेटको आधारभूत कार्यशैलीसँग मेल नखाने भन्दै आलोचना गर्दै आएका छन्।
समाचारजन्य सामग्रीका लागि आफूहरुलाई पैसा तिर्न बाध्य पार्नु उपयुक्त नरहेको उनीहरुको भनाई छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij