Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

फाइभ नेसन्स बास्केटबलमा नेपालको पहिलो खेल भुटानसँग

फाइभ नेसन्स बास्केटबलमा नेपालको पहिलो खेल भुटानसँग


  • 2.4K
    Shares

    • images
    फाइभ नेसन्स बास्केटबलमा नेपालको पहिलो खेल भुटानसँग
    images

    काठमाडौं । माल्दिभ्समा हुने फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ । माल्दिभ्स बास्केटबल संघले आज मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले भोलि भुटानसँग खेल्दै च्याम्पियनसिप सुरु गर्नेछ ।

    दक्षिण एसियाका भारत र श्रीलंका बाहेक बाँकी पाँच राष्ट्रले प्रतिस्पर्धा गर्ने च्याम्पियनसिप राउण्ड रोविनका आधारमा खेलाइनेछ ।

    जस अनुसार नेपालले दोस्रो खेल पाकिस्तानसँग पर्सि बिहीबार खेल्नेछ भने बंगलादेशसँग शनिबार तेस्रो खेल खेल्नेछ ।

    यस्तै नेपालले लिगको आफ्नो अन्तिम खेल आउँदो आइतबार माल्दिभ्ससँग खेल्नेछ । लिग चरणपछि शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइनलको दुवै खेल जुन २० मा हुनेछ । फाइनल खेल जुन २२ मा हुनेछ ।

    सदिश प्रधानको कप्तानीमा रहेको नेपाली टोली च्याम्पियनसिपका लागि माल्दिभ्स पुगिसकेको छ ।नेपाली टोलीका अन्य खेलाडीमा विनोद महर्जन, विजय बुर्जा, निकेश राखल मगर, मविन्द्र भण्डारी, अजय कुश्वाहा, दिवेश्वर शाह, आयुश सिंह, निश्चल महर्जन, मनीष केसी, अशिम श्रेष्ठ र श्रेयशबहादुर शाह छन् ।

    निकेश मगर र श्रेयास बहादुर शाह पहिलो पटक फुट कोर्टका लागि राष्ट्रिय टिममा परेका हुन् । यस्तै प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ तथा व्यवस्थापक सुशील गुरुङ छन् ।

    नेपालको पुरुष बास्केटबल टिमले सन् २०१९ डिसेम्बरमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) पछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो ।

     

    प्रकाशित मिति :जेठ ३० २०८० मंगलवार - १६:०९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij