Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

१०० दिनसम्म पानीमुनि बसेर विश्व कीर्तिमान

१०० दिनसम्म पानीमुनि बसेर विश्व कीर्तिमान


  • 3.0K
    Shares

    १०० दिनसम्म पानीमुनि बसेर विश्व कीर्तिमान

    अमेरिकाको फ्लोरिडाका एक प्रोफेसरले १०० दिनसम्म पानीमुनि बसेर कीर्तिमान बनाएका छन्। अमेरिकी नौ सेनाका पूर्व गोताखोरसमेत रहेका बायोमेडिकल इन्जिनियरिङ विशेषज्ञ जोसेफ डितुरीले यो अनौठो कीर्तिमान बनाएका हुन्।

    ५५ वर्षीय जोसेफ गएको मार्च १ देखि लगूनको पीँधमा अवस्थित जूल्स अन्डरसी लजको एउटा सानो कोठामा बस्न थालेका थिए।

    १०० दिनपछि पानीबाट बाहिर आएपछि इन्स्टाग्राममा आफ्नो अनुभूति शेयर गर्दै लेखेका छन्, १०० दिनसम्म समुद्रमुनि बस्नु व्यक्तिगत र व्यवसायिक खोजको नतिजा हो। यसले केही नयाँ पत्ता लगाउन मद्दत गर्छ। मैले ठूलो परिवर्तनको महसुस गरेको छ। मलाई आशा छ, मैले अन्वेषक र अनुसन्धानकर्तालाई प्रेरित गरेको छु।ु

    दुई दिन अघि सामाजिक सञ्जालमा राखेको उनको उक्त पोस्टमुनि धेरैले उनको प्रशंसा गरेका छन्। उनलाई धेरैले प्रेरणाको स्रोत मानेका छन्। उनी लार्गोसको समुद्रमा ३० फिटमुनि बसेका थिए।

    यससँगै उनले सन् २०१४ को रेकर्ड पनि तोडेका छन्। त्यसबेला की लार्गो लजमा दुई प्रध्यापकले ७४ दिन पानीमुनि बसेर रेकर्ड बनाएका थिए। १०० दिनपछि पानीबाट निक्लिँदा सहरका धेरै मानिसहरूले उनलाई स्वागत गर्न पुगेका थिए।

     

    प्रकाशित मिति :जेठ ३० २०८० मंगलवार - ११:१३:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij