Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

२९ वर्षकी चर्चित अभिनेत्री सिँढीबाट लडेर  निधन 

२९ वर्षकी चर्चित अभिनेत्री सिँढीबाट लडेर  निधन 


  • 3.7K
    Shares

    २९ वर्षकी चर्चित अभिनेत्री सिँढीबाट लडेर  निधन 
    images

    कोरियाली अभिनेत्री पार्क सू युनको सिँढीबाट लडेर निधन भएको छ । उनी २९ वर्षकी थिइन् । लडेपछि उनलाई तत्काल अस्पताल पुर्‍याइए पनि डाक्टरले उनलाई मृत घोषणा गरे । 

    उनकी आमाले कोरियाली मिडियासँगको कुराकानीमा छोरीको मुटु धड्किरहेको भए पनि उनको दिमागले प्रतिक्रिया नदिइरहेको बताइन् । विभिन्न प्रयास विफल भएपछि अन्ततः उनलाई मृत घोषित गरिएको हो । उनको परिवारले अभिनेत्री छोरीको अंगदान गर्ने निर्णय गरेको छ । 

    उनकी आमाले भनेकी छिन्, ‘उनको दिमागले मात्रै काम गर्न छोडेको छ । उनको मुटु अहिले पनि धड्किरहेको छ । विश्वमा यस्ता कोही मानिस होलान् जसलाई उनको अङ्गको आवश्यकता छ । उनको आमाबुवा भएको नाताले हामी यो सोचेर खुसी हुन्छौँ कि उनको मुटु अरू कसैसँग छ र धड्किरहेको छ ।’

    को थिइन् पार्क सू यून ?

    सन् २०१८ मा अभिनेत्री पार्क सू यूनले आईएल टिनोरबाट आफ्नो डेब्यु गरेकी थिइन् । त्यसपछि उनले फाइन्डिङ मिस्टर डेस्टनी, द डेज वी लभ्ड, सिद्धार्थसँग अन्य म्युजिकलमा देखियो । कोरियन शो ‘स्नोड्रप’ मा उनले काम गरेकी थिइन् । यही शोले उनलाई पहिचान दिलायो ।  आफ्नो भूमिकाबारे कुरा गर्दै अभिनेत्रीले सोसल मिडियामा केही तस्बिर सेयर गरेकी थिइन् । उनले शोमा आफ्नो भूमिका छोटो भए पनि सेटमा उनको निकै ख्याल राखिएको बताएकी थिइन् । 

    पार्क सू यूनको पार्थिव शरीरलाई जियोङ्गी प्रोभिन्सियल मेडिकल सेन्टरको सुवोन अस्पतालमा राखिएको छ । उनको अन्तिम संस्कार आज गरिनेछ ।

     

    प्रकाशित मिति :जेठ ३० २०८० मंगलवार - १०:०३:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij