Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

म्यानचेस्टर सिटीले उचाल्यो च्याम्पियन्स लिगको उपाधि

म्यानचेस्टर सिटीले उचाल्यो च्याम्पियन्स लिगको उपाधि


  • 2.1K
    Shares

    • images
    म्यानचेस्टर सिटीले उचाल्यो च्याम्पियन्स लिगको उपाधि
    images

    काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको उपाधि हासिल गरेको छ । टर्कीको इस्तानबुलमा शनिवार राती भएको खेलमा इन्टर मिलानलाई १–० ले पराजित गर्दै सिटीले च्याम्पियनसिप लिगको उपाधि जीत हासिल गरेको हो ।

    शनिवार राती एटाटर्क ओलम्पिया स्टेडियममा शनिवार राति भएको फाइनल खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो ।

    निकै प्रतिस्पर्धात्मक र रोचक देखिएको उक्त खेलको ६८ औँ मिनेटमा रोड्रीले गरेको गोलले सिटीलाई च्याम्पियन सिपको उपाधिका लागि निर्णायक साबित भयो । त्यसपछि दुवै पक्षबाट कुनै गोल निस्कन नसक्दा खेल १(० मा टुङ्गिएर सिटी च्याम्पियन सिपको उपाधि चुम्न सफल भयो ।

    पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित हासिल गरेको सिटीले यसै सिजनको इंग्लिस प्रिमियर लिग र एफए कपको उपाधिमा पनि जीत हासिल गरेको थियो ।

    प्रकाशित मिति :जेठ २८ २०८० आइतवार - १३:५५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij