Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

पहिलो अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग ७ विकेटले पराजित

पहिलो अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग ७ विकेटले पराजित


  • 3.2K
    Shares

    • images
    पहिलो अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग ७ विकेटले पराजित
    images

    काठमाडौं । आईसीसी विश्वकप छनोटअघि अन्तिम तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपाली पुरुष क्रिकेट टिम पहिलो अभ्यास खेलमा स्कटल्याण्डसँग ७ विकेटले पराजित भएको छ ।

    नेपालले दिएको १३६ रनको लक्ष्य स्कटल्याण्डले २९ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गर्‍यो । स्कटल्याण्डका लागि ब्रान्डेन म्याकमुलेनले अविजित रहँदै सर्वाधिक ४९ रन बनाए । यस्तै कप्तान रिची बेरिङगटनले अविजित ४३ रन जोडे । ३५ रनमै ३ विकेट गुमाएको अवस्थामा यो जोडीले शतकिय साझेदारी गर्दै स्कटल्याण्डलाई जिताए ।

    नेपालका लागि गुल्सन झाले २ तथा सोमपाल कामीले १ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २८.५ ओभरमै १३५ रनमा अलआउट भयो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए । आसिफ शेखले २८, कुशल भुर्तेलले १६ र दीपेन्द्र सिंह ऐरीले १३ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    स्कटल्याण्डका जोल जर्भिस र ब्रान्डन म्याकमुलेनले ३/३ तथा सफ्यान सारिफले २ विकेट लिए । नेपाली टोलीले दोस्रो अभ्यास खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ

    प्रकाशित मिति :जेठ २६ २०८० शुक्रवार - १२:५९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij