काठमाडौं । सहिद स्मारक लिग फुटबलमा आज चार खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार च्यासल मैदान र एन्फा कम्प्लेक्समा एक एक खेल हुनेछ भने दशरथ रंगशालामा दुई खेल हुनेछ ।
एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुने खेलमा खुमलटार र चर्च ब्वाईज एक आपसमा भिडनेछन् । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । च्यासल मैदान, ललितपुरमा हुने खेल भने नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब बिचमा हुनेछ, सो खेल पनि दिउँसो ३ बजेवाट सुरु हुनेछ ।
उता, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ फुटबल क्लब र फ्रेन्डस क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । सो खेल ३ बजेवाट सुरु हुने जनाईएको छ । रंगशालामा हुने दोस्रो खेल भने साँझ ६ बजेवाट सुरु हुनेछ । सो खेलमा त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा आमुने सामुने हुनेछन् ।
प्रकाशित मिति :जेठ २६ २०८० शुक्रवार -
०९:५३:०७ बजे