Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

स्कटल्याण्डसँग नेपाल १३५ रनमै अलआउट

स्कटल्याण्डसँग नेपाल १३५ रनमै अलआउट


  • 2.6K
    Shares

    • images
    स्कटल्याण्डसँग नेपाल १३५ रनमै अलआउट
    images

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअघिको अभ्यासखेलमा नेपाल स्कटल्याण्डसँग १३५ रनमै अलआउट भएको छ ।

    जिम्बाव्वेमा हुने विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिकामा रहेको नेपाल टिमले टस हारेर पहिला ब्याटिङ गरेको थियो । एकदिवसीय खेलमा नेपाली खेलाडीहरु २८.५ ओभरभन्दा टिक्न सकेनन् ।

    नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए । उनले दीपेन्द्रसिंह ऐरीसँग मिलेर छैटौं विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । आसिफ शेखले २८, कुशल भुर्तेलले १६ र दीपेन्द्रसिंह ऐरीले १३ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

    बलिङमा ब्रण्डन म्याकमुलेन र ज्याक जार्भिसले ३–३ विकेट लिए । नेपालले केहिबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

    दक्षिण अफ्रिकामा रहँदा नेपालले नेदरल्याण्ड्ससँग पनि अभ्यास खेल खेल्नेछ । सो खेल २७ जेठमा खेलिनेछ ।

    जिम्बाव्वेमा हुने प्रतियोगिताअघि नेपालले ३० र ३२ जेठमा क्रमसः यूएई र ओमानसँग अफिसियल अभ्यास खेल खेल्नेछ । ३ असारदेखि सुरु हुने प्रतियोगितामा आफ्नो पहिलो खेल नेपालले सोही दिन आयोजक टिम जिम्बाव्वेसँग खेल्नेछ । नेपालले ५ असारमा अमेरिका, ७ असारमा वेष्ट इण्डिज र ९ असारमा नेदरल्याण्ड्ससँग खेल्नेछ ।

    प्रकाशित मिति :जेठ २५ २०८० बिहिवार - १६:१६:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij