Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

भारत रेल दुर्घटना: ३५ पैसाको बिमाले मृतकका आफन्तलाई १० लाखसम्म क्षतिपूर्ति मिल्थ्यो, तर...

भारत रेल दुर्घटना: ३५ पैसाको बिमाले मृतकका आफन्तलाई १० लाखसम्म क्षतिपूर्ति मिल्थ्यो, तर...


  • 6.4K
    Shares

    भारत रेल दुर्घटना: ३५ पैसाको बिमाले मृतकका आफन्तलाई १० लाखसम्म क्षतिपूर्ति मिल्थ्यो, तर...
    images

    काठमाडौं । भारतको ओडिसा राज्यको बालासोरमा भएको रेल दुर्घटनामा २८८ जनाको मृत्यु भएको छ । सयौं घाइते भएका छन् ।

    तीनवटा रेल ठोक्किएको दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेहरुले ०.३५ भारतीय पैसाको बिमा गरेको भए धेरैले क्षतिपूर्ति पाउँथे । रेलमा सिट बुक गर्नेहरुले भारतीय ३५ पैसाको बिमा शुल्क पनि तिर्नसक्छन् । भारतीय रेलवे खानपान तथा पर्यटन निगम (आईआरसीटीसी)को पोर्टलबाट टिकट खरिद गर्ने यात्रुका लागि यो सुविधा उपलब्ध छ ।

    रेल टिकटमा बीमा शुल्क अनिवार्य छैन ।  वैकल्पिक मात्रै हो । २ जुन मा ओडिसामा भएको दुर्घटनामा दुईवटा रेलमा यात्रा गर्ने एक हजारभन्दा बढी यात्रुमध्ये ५४ प्रतिशतले मात्रै बिमाका लागि ३५ पैसा भुक्तानी गरेको पाइएको छ ।

    तर, यो अनिवार्य गरिएको भए दुर्घटनामा ज्यान गुमाएका सबै २८८ जनाका आफन्तलाई ठूलो आर्थिक सहयोग हुन्थ्यो ।

    यो बिमाले अस्पताल खर्च २ लाख, स्थायी असक्षमताका लागि साढे सात लाख, पूर्ण स्थायी असक्षमताका लागि १० लाख र मृत्यु भएको अवस्थामा पनि १० लाख उपलब्ध गराउँछ । शव सम्बन्धित ठाउँमा लैजान १० हजार रुपैयाँसमेत बिमाले उपलब्ध गराउँछ ।

    यो बिमा प्रधानमन्त्री सुरक्षा बिमा योजना वा प्रधानमन्त्री जीवन ज्योति बिमा योजनाजस्ता सरकारद्वारा सञ्चालित बिमा योजनाबाट दाबी गर्न सकिन्छ ।

     

     

    प्रकाशित मिति :जेठ २४ २०८० बुधवार - १३:००:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij