Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

सफा हिमाल अभियान २०२३ सफलतापूर्वक सम्पन्न, कति फोहोर संकलन भयो ?

सफा हिमाल अभियान २०२३ सफलतापूर्वक सम्पन्न, कति फोहोर संकलन भयो ?


  • 2.1K
    Shares

    सफा हिमाल अभियान २०२३ सफलतापूर्वक सम्पन्न, कति फोहोर संकलन भयो ?
    images

    काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा विभिन्न सरकारी संस्था र दातृ संस्थाको सहकार्यमा सञ्चालित सफा हिमाल अभियान २०२३ को चौथो संस्करणले उल्लेखनीय सफलता हासिल गरेको छ । विश्व वातावरण दिवसको अवसरमा जुन ५ मा होटल हायात प्लेसमा एक समापन कार्यक्रम आयोजना गरेर उक्त अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिइएको हो। कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा लगायत अभियानमा संलग्न अन्य साझेदार निकायहरू र सरकारी अधिकारीहरू तथा मुख्य सरोकारवालाहरू सहभागी थिए ।

    2.webp

     

    चार मुख्य हिमालहरु ( सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुणत्से सरसफाई गर्ने उद्देश्यका साथ यो अभियान २८ मार्चमा सुरु भएको थियो । अत्यधिक उचाइमा रहेका यी हिमालहरुबाट फोहोर संकलन गर्ने जोखिमपूर्ण यात्रामा नेपाल आर्मीका सदस्यहरु र शेर्पाहरु गरी ९७ जना सहभागी थिए ।

    टिमको अथक प्रयासले ३५,७०८ किलोग्राम फोहोर सङ्कलन गर्न सफल भएको थियो । यसरी संकलन गरिएकाफोहोरहरु काठमाडौं पठाई पूर्ण रूपमा छुट्टयाएर रिसाइकल पार्टनर क्रिएसनलाई हस्तान्तरण गरिनेछ । जसले ती फोहोरहरुलाई पुन छुट्टयाएर रिसाइकल अथवा उचित रुपमा व्यवस्थापन गर्नेछ ।

    3.webp

    अभियानको सफलताको बारेमा चर्चा गर्दै सफा हिमाल अभियान २०२३ का निर्देशक ब्रिगेडियर जनरल सुन्दरकुमार पाण्डे ज्यूले भन्नुभयो,'यी चार मुख्य हिमालहरुबाट ३५,७०८ किलोग्राम फोहोर संकलन गर्न सफल भएकोमा हामीलाई गर्व लागेको छ । प्रतिकूल मौसम र अत्यधिक उचाइका कारण यात्रा अवश्य चुनौतीपूर्ण र जोखिमपूर्ण थियो तर हाम्रा हिमालहरु सफा राख्ने यो अभियान सफलतापूर्वक सम्पन्न हुनुलाई हामीले गर्वको रुपमा लिनुपर्छ । साथै यो अभियानलाई सफल बनाउन मद्दत पुर्याएकोमा वातावरणप्रति जिम्मेवार सम्पूर्ण संस्थाहरुको अटल सहयोगप्रति हृदयदेखि कृतज्ञता व्यक्त गर्दछौं । यो अभियानको सुरुवातदेखि नै निरन्तर सहयोग प्रदान गरेकोमा कोका(कोला फाउन्डेसनलाई विशेष धन्यवाद प्रदान गर्दछौं ।

    4.webp

    कोका(कोला फाउन्डेसनका अध्यक्ष सादिया माइसब्जर्ग ज्यूले सफा हिमाल अभियानसँगको साझेदारीलाई जोड दिँदै भन्नुभयो, “कोका(कोला फाउन्डेसनको सफा हिमाल अभियानसँगको सहकार्यले वातावरणलाई फोहोर(मुक्त बनाउने हाम्रो दृढ प्रतिबद्धतालाई थप सार्थक बनाएको छ । यी हिमालहरु प्राकृतिक सम्पत्ति हुन् र नेपालीहरुको लागि सांस्कृतिक रुपमा पनि महत्त्व राख्छन् । हामीलाई आशा छ कि यी हिमालहरुको पवित्रता जोगाउन हाम्रो सहयोगले पनि भूमिका खेल्नेछ । यस्ता अभियानहरूले जलवायु परिवर्तन विरुद्ध पहल गर्न नेपाल र विश्वभर नै प्रेरित गर्नेछ भनेर हामी आशा गर्दछौं ।'

    5.webp

    बातावरणीय दिगोपन र सामुदायिक संलग्नता सम्बन्धी परियोजनाहरुको लागि कोका(कोला फाउन्डेसन सधैं अग्रपंक्तिमा रहेर सहयोग गर्दै आएको छ । जसमध्य सफा हिमाल अभियान पनि एक हो। नेपाली सेना, सरकारी संस्थाहरु, दातृ संस्थाहरु र संलग्न सम्पूर्णको सामूहिक प्रयासबाट हिमाली क्षेत्रमा फोहोर व्यवस्थापनको महत्वबारे, जनचेतना जगाउन यो अभियानले महत्वपूर्ण प्रभाव पारेको छ। सफा हिमाल अभियान २०२३, सहकार्य, धैर्य र वातावरणीय जिम्मेवारीको प्रेरणादायी उदाहरण बन्न पुगेको छ । यो अभियान नेपालको प्राकृतिक सम्पदालाई भावी पुस्ताका लागि संरक्षण गर्ने सामूहिक प्रतिबद्धताको प्रमाण हो ।

    6.webp

    प्रकाशित मिति :जेठ २३ २०८० मंगलवार - १६:२३:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij