२०८२ भाद्र १ गते आइतवार
नेपाल टेलिकमले टेलिकमका सेवाका सुरक्षाप्रति आशंका नगर्न आग्रह गरेको छ। कम्पनीले विज्ञप्ति प्रकाशित गरी आफ्नो सेवाका सुरक्षाप्रति शंका व्यक्त गर्दै एक सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
ग्राहकको गोपनीयतालाई सधैँ सम्मान गर्ने र यसको सुरक्षा र गोपनीयतामा एकरत्ति पनि सम्झौता हुन नदिने कम्पनीले विश्वास दिलाएको छ।
कम्पनीले भनेको छ, ‘राज्यका अधिकारप्राप्त निकायबाट हुने कुनै अनुसन्धानको प्रक्रियामा प्रचलित कानुन बमोजिम सम्मानित अदालतको आदेशपछि मात्र अन्य दूरसञ्चार सेवा प्रदायकहरुले झैं कम्पनीले विवरणहरु उपलब्ध गराउने गरेको छ।’
कम्पनीका सेवाहरु अत्यन्त भरपर्दा र सुरक्षित बनाई ग्राहकको गोप्यता कायम गर्न संवेदनशील रहेको कम्पनीको दाबी छ। पछिल्लो समयमा कम्पनीका सेवाका संस्थागत प्रयोगकर्ताहरु उल्लेख्य रुपमा बढिरहेको समेत कम्पनीले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij