Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एक्सेल डेभलपमेन्ट बैंकको १७औं वार्षिक साधारण सभा असार १६ गते, के–क छन् प्रस्ताव ?

एक्सेल डेभलपमेन्ट बैंकको १७औं वार्षिक साधारण सभा असार १६ गते, के–क छन् प्रस्ताव ?


  • 2.2K
    Shares

    एक्सेल डेभलपमेन्ट बैंकको १७औं वार्षिक साधारण सभा असार १६ गते, के–क छन् प्रस्ताव ?

    काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १७औं वार्षिक साधारण सभा असार १६ गते गर्ने भएको छ । कम्पनीको जेठ २२ गते बसेको सञ्चालक समितीको बैठकले सभाको मिति र स्थान तय गरेको हो । सभा सिद्धार्थ होटल बिर्तामोड झापामा बिहान ११ बजे गर्ने कम्पनीले जनाएको छ । 

    सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ति प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालन समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

    त्यस्तै मर्जर प्रयोजनका लागि प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नुपर्ने भएमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ । सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालनको निर्वाचन गर्नेछ ।

    त्यस्तै आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

    साधारण सभा प्रयोजनको लागि कम्पनीले असार ४ गते देखि १६ गते सम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोज आधारमा असार ३ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन योग्य हुनेछ् ।

    प्रकाशित मिति :जेठ २३ २०८० मंगलवार - १४:१८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij