२०८२ कार्तिक १८ गते मंगलवार
                                                    रतमा शुक्रबार राति भएको भयानक रेल दुर्घटनाको मुख्य कारण हालसम्म संकेत प्रणालीमा खराबी भएको देखिएको संघीय रेलमन्त्री अश्विनी वैष्णवले बताएका छन् ।
ओडिशाको भुवनेश्वरमा आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै भारतको रेलवे बोर्डले पनि संकेत प्रणालीमा गडबडी भएका कारण यो दुर्घटना भएको बताएको छ । रेलवे बोर्डले कसैले षड्यन्त्र गरेर रेल दुर्घटना गराएको हुनसक्ने पनि आशंका गरेको छ ।
मन्त्री वैष्णवले अब यो रेल दुर्घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो सीबीआईले गर्ने जानकारी दिएका छन् । भारतको रेल दुर्घटनाको इतिहासमा यसलाई चौथो ठूलो दुर्घटना भनिएको छ ।
ओडिशामा शुक्रबार राति भएको यस रेल दुर्घटनाबाट मृत्यु हुनेको संख्या २ सय ७५ पुगेको छ । यसअघि २८८ र २९४ जनाको मृत्यु भएको खबर बाहिरिए पनि ओडिशाका सरकारी अधिकारीहरूले केही शवलाई दुईदेखि तीनपटक गणना गरिँदा संख्यामा समस्या आएको बताएका छन् ।
बालासोर जिल्लामा भएको यो डरलाग्दो दुर्घटनामा करिब एक हजार जना घाइते भएका छन्, केहीको अवस्था अझै गम्भीर छ । कोलाकाताबाट चेन्नाई हिँडेको कोरोमन्डल एक्सप्रेस रेलले एक मालवाहक रेललाई पछाडिबाट ठक्कर दिएपछि यो दुःखदायी घटना हुन पुगेको हो । यो दुर्घटनापछि कोरोमन्डल एक्सप्रेस रेलको १२ डिब्बा उछिट्टिएर अर्को लिकमा पुग्यो ।
त्यसबेला अर्कोतर्फ बैंगलौरबाट यसवन्तपुर–हावडा एक्सप्रेस रेल आइरहेको थियो । त्यसपछि दुवै रेल दुर्घटनामा पर्दा यो भयानक दुर्घटना भयो l यसवन्तपुर हावडा एक्सप्रेस रेलको भने ३ डिब्बा लिक बाहिर गयो । दुवै रेलको १५ डिब्बा लिक बाहिर बजारिँदा सयौँ मानिसहरूले ज्यान गुमाए ।
रेल दुर्घटनाका क्रममा कोरोमन्डल रेल प्रतिघण्टा १२८ किलोमिटरको गतिमा कुदिरहेको थियो भने अर्को रेल भने प्रतिघण्टा १२५ किलोमिटरको गतिमा कुदेको थियो ।
वास्तवमा कोरोमन्डल एक्सप्रेस रेल बाहानगा स्टेसन नजिकै पुग्दा त्यो मुख्य लिक नभएर लुप लाइनबाट अगाडि बढेको थियो । रेल सञ्चालनलाई सहज बनाउन र धेरै संख्यामा रेलहरू समायोजन गर्न स्टेशन क्षेत्रमा लुप लाइनहरू निर्माण गरिएका हुन्छन् । यहाँ रेललाई पार्क गरेर पनि राखिन्छ ।
अल इन्डिया रेलवे मेन्स फेडरेसनका अनुसार मुख्य लिकमा प्राविधिक खराबी भएको संकेत दिइएपछि कोरोमन्डल एक्सप्रेसलाई लुप लाइनमा जान संकेत दिइएको थियो जसकारण दुर्घटना भएको हो । किनभने लुप लाइनमा पहिल्यै अर्को रेल रोकिएको अवस्थामा थियो ।
रोक्नसक्ने अवस्था नभएपछि कोरोमन्डल एक्सप्रेसले सो मालवाहक रेललाई ठक्कर दियो । किन गलत संकेत दिइयो, के सो रेल स्टेसनको संकेत प्रणालीमै समस्या थियो त अथवा षड्यन्त्र गरेर गलत संकेत देखाइयो यी प्रश्नहरू अनुत्तरित छन् । यसबारे सीबीआईले अनुसन्धान थालिसकेको छ । हालका लागि चाहिँ संकेत प्रणालीमा खराबी यो रेल दुर्घटनाको मुख्य कारण मानिएको छ ।
हाल सो क्षेत्रमा रेल संचालन सुचारु भइसकेको छ । दुर्घटनास्थललाई खाली गराएपछि आइतबारदेखि नै रेल सुचारु भएको हो । यसअघि भारतमा सन् २०१६ मा पनि रेल दुर्घटनामा परेर १४६ जनाले ज्यान गुमाएका थिए । सन् २०१० मा १४६ जनाले नै रेल दुर्घटनामा ज्यान गुमाउनु परेको थियो ।
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij