२०८२ भाद्र ६ गते शुक्रवार
नयाँ दिल्ली । भारतका रेलमन्त्री अश्विनी वैश्णवले भरखरै ओडिशामा भएको रेल दुर्घटना र दशकौं देखि हुँदै आएका यस्ता अन्य दुर्घटनाका कारण पहिचान भएको बताएका छन् ।
यस्ता भयानक दुर्घटनाका कारण र कारकहरू पत्ता लागेका छन् तर अनुसन्धान नसकिदै त्यो सार्वजनिक गर्नु उचित हुँदैन । मन्त्रीले भने।
भारतका रेलमन्त्री अश्विनी वैष्णवले समाचार एजेन्सी एएनआईलाई भनेका छन्, हामीले दुर्घटनाको कारण र यसका पछाडिका जिम्मेवार व्यक्तिहरू पहिचान गरेका छौं ।
विद्युतीय सङ्केत र अन्य विभिन्न कुराहरू यसका पछाडि जिम्मेवार छन्, तर त्यसको विस्तृत विवरण अहिले सार्वजनिक गर्नु नहुने उनको तर्क छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij