२०८२ फाल्गुण २३ गते शनिवार
अल्लु अर्जुन र रश्मीका मण्डनाको मुख्य भूमिका रहेको दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ घोषणादेखि नै चर्चामा छ। फिल्मको टिजर सार्वजनिक भएपछि त फ्यानहरु व्यग्र प्रतिक्षामा छन्।
फिल्मको छायाङ्कन चलिरहँदा ‘पुष्पा २’ मा अभिनय गरिरहेका कलाकार चढेको बस दुर्घटनामा परेको छ। आन्ध्र प्रदेशबाट ‘पुष्पा २’ को सुटिङ गरेर हैदरावाद फर्किएका कलाकारहरुको बस दुर्घटनामा परेको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।
नलगोंडा हैदराबाद(विजयवाडा राजमार्गको नरकटपल्लीमा कलाकारहरूको बस र आरटीसी बस ठोक्किएको थियो। घटनामा दुई कलाकार गम्भीर घाईते भएका छन्। घाइते कलाकारहरुलाई स्थानीय अस्पताल लगिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij