२०८२ कार्तिक १८ गते मंगलवार
                                                    ह्युस्टन । अमेरिकाको दक्षिणी राज्य टेक्सासको ट्यारान्ट काउन्टीमा रहेको स्ट्रिप क्लबमा आइतबार भएको गोलीकाण्डमा तीन जना घाइते एका छन् ।
घटनामा गोली चलाउने बन्दुकधारीको भने मृत्यु भएको छ । ट्यारान्ट काउन्टी शेरिफको कार्यालयले जनाएअनुसार आइतबार बिहान क्लबमा झगडा भएपछि ती व्यक्तिले पार्किङस्थलमा रहेका मानिसहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।
सो घटनामा परी तीन जना घाइते भएका थिए । फक्स न्युजको रिपोर्ट अनुसार सशस्त्र सुरक्षाबलले गोली हानेका व्यक्तिको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । तीन घाइते अस्पतालमा उपचाररत छन् ।
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij