Logo

२०८२ कार्तिक १८ गते मंगलवार

२०८२ कार्तिक १८ गते मंगलवार

२० वटा विपक्षी दलको बहिष्कारबीच प्रधानमन्त्री मोदीद्वारा नयाँ संसद् भवन उद्घाटन

२० वटा विपक्षी दलको बहिष्कारबीच प्रधानमन्त्री मोदीद्वारा नयाँ संसद् भवन उद्घाटन


  • 1.9K
    Shares

    २० वटा विपक्षी दलको बहिष्कारबीच प्रधानमन्त्री मोदीद्वारा नयाँ संसद् भवन उद्घाटन
    images

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २० वटा विपक्षी दलको बहिष्कारबीच नयाँ संसद् भवनको उद्घाटन गरेका छन। उद्घाटनसँगै मोदीले ऐतिहासिक रूपमा महत्त्वपूर्ण मानिएको सुनको राजदण्ड पनि संसद् भवनमा स्थापना गरेका बीबीसी हिन्दीले जनाएको छ ।

    नयाँ भवन उद्घाटनका लागि राष्ट्रपतिलाई आग्रह नगरिएकोमा प्रतिपक्ष दलहरूले सरकारको आलोचना गर्दै उद्घाटन कार्यक्रम बहिस्कार गरेका हुन् । सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी)ले चाहिँ विपक्षीहरूको बहिष्कारलाई लोकतन्त्रप्रतिको अनादर भनेको छ ।

    नयाँ संसद् भवन सङ्घीय राजधानी दिल्लीमा सेन्ट्रल भिस्टा पावर कोरिडोरको विकास गर्ने सरकारको महत्त्वाकाङ्क्षी परियोजनाको हिस्सा हो ।

    नयाँ भवनको उद्घाटन गर्दै मोदीले संसद् भवन उद्घाटन भएको दिन र भारतीय स्वतन्त्रताको ७५ वर्षको स्मरणलाई अङ्कित गर्ने ७५ रुपैयाँको नयाँ सिक्का पनि जारी गर्नुभएको छ । नयाँ चार तले भवनको अनुमानित लागत नौ अर्ब ७० करोड भारतीय रुपैयाँ रहेको छ ।

    प्रकाशित मिति :जेठ १४ २०८० आइतवार - १५:१४:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij