२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंकले २५ लाख कित्ता संस्थापक तर्फको शेयर लिलामीमा आवेदन दिने आज (आइतबार) अन्तिम दिन रहेको छ । बैंकले फागुन २ गतदेखि ९ गतेसम्म बोलकबोल गर्न सकिने गरी उक्त शेयर विक्री खुला गरेको थियो ।
एनबि ग्रुप नेपाल प्रालि, सांग्रिला इन्भेष्टमेन्ट प्रालि, एनबि इन्भेष्टमेन्ट प्रालि, मानाङ्क इन्भेष्टमेन्ट, दोलखा भीमसेन इन्भेष्टमेन्ट र हिमालयन क्यापिटलको स्वामित्वमा रहेको शेयर लिलामी गर्न लागेको हो ।
यो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक ब्यक्ति फर्म कम्पनी तथा संगठित संस्थाहरुले तोकिएको मितिभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij