Logo

२०८२ माघ १९ गते सोमवार

२०८२ माघ १९ गते सोमवार

पूर्वमन्त्री जितेन्द्र देवले छाडे एमाले

पूर्वमन्त्री जितेन्द्र देवले छाडे एमाले


  • 435
    Shares

    पूर्वमन्त्री जितेन्द्र देवले छाडे एमाले

    काठमाडौं । पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरेका छन् । उनले आज विज्ञप्ति जारी गरी एमाले परित्याग गरेको जानकारी दिएका हुन् ।

    विज्ञप्तिमा पार्टीलाई व्यक्तिवाद र देवत्वकरणतिर लैजाने तथा स्वेच्छाचारी र विभेदकारी ढंगले सञ्चालन गर्ने विचार नीति र व्यवहारसँग असहमत भएर एमाले त्यागेको उल्लेख छ ।

    सप्तरीका देव लामो समय एमालेको राजनीतिमा थिए । तर पछि एमाले छाडेर उनी विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरी संविधानसभा सदस्य भएका थिए ।  उनी पर्यटन तथा संस्कृति मन्त्री समेत बनेका थिए ।

    फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि उनी पनि साथै गएका थिए । उनी कांग्रेसबाट राष्ट्रियसभा सदस्य समेत भएका थिए ।२० फागुन २०८० मा राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि उनी १७ असार २०८१ मा एमालेमै फर्किएका थिए ।

    fadsgm-1770014019.png

    प्रकाशित मिति :माघ १९ २०८२ सोमवार - १२:२९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij