२०८२ माघ १९ गते सोमवार
काठमाडौं । गरिमा विकास बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ६३ हजार २०० सय कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।
उक्त शेयर खरिदका लागि पहिलो प्राथमिकता शेयरधनीलाई दिनुपर्ने जनाएको छ। शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौंमा आफुले खरिद गर्ने शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन्।
तोकिएको समयभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नआएको खण्डमा शेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij