२०८२ पौष ६ गते आइतवार
ब्रिटेनका प्रधानमन्त्री ऋषि सुनकको घर तथा कार्यालय १० डाउनिनङ्ग स्ट्रिटको मूलगेटमा कारले ठक्कर दिएको छ।लण्डनको समयअनुसार बिहीबार अपरान्ह ४ बजेर २० मिनेटको समयमा कारले घरमा ठक्कर दिँदा सुनक त्यहीँ थिए। घटनापछि तत्कालै पुगेको प्रहरीले डाउनिङ्ग स्ट्रिट जाने व्हाइटहल सडक तत्काल बन्द गरिदियो।
आरोपी कार ड्राइभरलाई तत्कालै पक्राउ गरिएको छ। कारबाट प्रधानमन्त्रीको घरमा जानाजान ठक्कर दिइएको वा दुर्घटना भएको खुलिसकेको छैन। कारलाई पनि तत्कालै बरामद गरेर जाँचका लागि पठाइएको छ। घटनामा कोही पनि घाइते भएका छैनन्।
अहिले प्रधाननमन्त्री सुनकको घरमा कारले ठक्कर दिएको भिडिओ भाइरल भइरहेको छ। जसमा एक सेतो रंगको कार कार डाउनिङ्ग स्ट्रिटको गेटमा ठोक्किँदै गरेको देखिन्छ। तर तत्कालै पुलिस पुगेको थियो। त्यहाँ तालिमप्राप्त कुकुर र बम स्क्वाड पनि थियो।
प्रहरीले आरोपीमाथि अहिले क्रिमिनल ड्यामेज र खतरनाक तरिकाबाट कार चलाएको आरोपमा मुद्दा चलाउन लागिएको छ। उनीमाथि आतंकसँग जोडिएको कुनै आरोप लगाइएको छैन।
१० डाउनिङ्ग स्ट्रिट लण्डनके सिटी अफ वेस्टमिन्स्टरमा अवस्थित एक सरकारी भवन हो। यसअघि सन् २०१७ मा पनि ब्रिटेनका पूर्व प्रधानमन्त्री डेविड क्यामरूनको सुरक्षामा गल्ती भएको थियो।
त्यसबेला एक २८ वर्षीय व्यक्ति दौडिँदै आएर क्यामरुनसँग ठोक्किएका थिए। त्यहीबेलादेखि प्रधानमन्त्रीको सुरक्षा बढाउनुपर्ने आवाज उठेको थियो।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij