Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

नेप्सेमा तीन कम्पनीको शेयर सूचीकृत, कुनको कति ?

नेप्सेमा तीन कम्पनीको शेयर सूचीकृत, कुनको कति ?


  • 8.8K
    Shares

    नेप्सेमा तीन कम्पनीको शेयर सूचीकृत, कुनको कति ?
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो दिन आज आइतबार तीन कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा रिडी हाइड्रोपावर, अपि पावर र सानिमा माइ हाइड्रोपावर कम्पनीको शयर सूचीकृत भएको हो । 

    कुन कम्पनीको कति ?

    रिडी हाइड्रोपावर 

    आइतबार रिडी हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले उक्त बोनस शेयर वापतको २ लाख ७८ हजार ८३७ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो ।

    उक्त बोनस शेयर कम्पनीको मंसिर २६ गतेको १९औं वार्षिक साधारणसभाले पारित गरेको थियो । सोमवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि खरिद विक्री गर्न सक्नेछन् । 

    अपि पावर

    अपि पावर कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर आइतवार सूचीकृत भएको छ । सोमवारदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्नेछन् । 

    yyyyyyyyyyyyyyyyttttttttttt.jpg

    सानिमा माई हाइड्रोपावर 

    आइतबार सानिमा माई हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले २५ लाख ५३ हजार एक सय कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो । 

    ttttt.jpg

     

    प्रकाशित मिति :फाल्गुण ९ २०७७ आइतवार - १३:५२:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij