Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

कोलम्बियामा ६० लाख व्यक्ति प्राकृतिक ग्यासबाट बञ्चित

कोलम्बियामा ६० लाख व्यक्ति प्राकृतिक ग्यासबाट बञ्चित


  • 2.6K
    Shares

    कोलम्बियामा ६० लाख व्यक्ति प्राकृतिक ग्यासबाट बञ्चित

    बोगोटा,कोलम्बिया । दक्षिणपश्चिम कोलम्बियामा बुधबारसम्म ६० लाख मानिस प्राकृतिक ग्यासको पहुँचबाट बञ्चित भएका छन् ।

    मध्याह्नदेखि नै काका र भाले डेल काउकाको पश्चिमी क्षेत्रमा “प्राकृतिक ग्यास सेवामा पूर्ण प्रतिबन्ध’ लगाइएको ‘युटिलिटी ग्यासेस डे ओक्सिडेन्ट’ले जनाएको छ । खानी मन्त्रालयका अनुसार यो सङ्कटले देशको मध्य र दक्षिणपश्चिममा रहेका अन्य पाँच क्षेत्रलाईलाई पनि प्रभावित गरेको छ ।

    पाइपलाइन कम्पनी ‘ट्रान्सपोर्टाडोरा डे ग्याँस इन्टरनेसनल’का अनुसार, ज्वालामुखी नजिकैको क्षेत्रमा लागेको ‘भूमिगत आगलागी’ का कारण ग्यास पाइपलाइनहरू बन्द गर्नुपरेको र सेवालाई पुनः सञ्चालनमा ल्याउन कम्तीमा एक हप्ता लाग्न सक्नेछ ।

    कोलम्बियाका पाँच करोड जनसङ्ख्यामध्ये दुई तिहाइ खाना पकाउने र अन्य प्रयोगका लागि इन्धनमा निर्भर छन् ।

    कोलम्बियाको तेस्रो ठूलो शहर कालीका मेयर जर्ज इभान ओस्पिनाले यसबाट १३ लाखभन्दा बढी प्रयोगकर्ता प्रभावित भएको बताए । 

    सामाजिक सञ्जालमा शेयर गरिएका तस्वीरहरूका अनुसार केही बासिन्दाहरूले ग्यासको विकल्पमा दाउरामा खाना पकाउन थालेका छन् । ग्यासको अर्को विकल्पका लागि हजारौँ मानिसले विद्युतीय चुल्हो छानेका र किन्नका लागि लामो लाइनमा बसेको देख्न सकिन्छ । 

    यसबाहेक, धेरैजसो ग्याँस(सञ्चालित सार्वजनिक यातायातहरूले सेवा प्रवाहलाई रोकेका छन्।

    प्रकाशित मिति :जेठ ११ २०८० बिहिवार - १५:०३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij