२०८२ कार्तिक १८ गते मंगलवार
                                                    चीनका अन्तिम राजा आइसिन गियारो पुई(१९०६-१९६७)ले लगाएको घडी हङकङमा ६२ लाख अमेरिकी डलर (८२ करोड २० लाख नेपाली रूपैयाँ)मा बिक्री भएको छ।
मंगलबार हङकङमा उक्त घडी लिलामीमा राखिएको थियो। हङकङमा बसोबास गर्ने एक एसियाली घडीका शौकिन घडी संकलकले उक्त घडी किनेको बताइएको छ।
लिलामी गर्ने फिलिप्स एसियाका प्रमुख थोमस पेराज्जीले रोयटर्सलाई कुनै समय राजाले पहिरिएको घडी भएका कारण उक्त घडी मूल्यवान भएको बताए। उक्त घडी जर्मन कम्पनीले ६७ वर्ष पहिले बनाएको थियो।
पुई चीनको छिङ वंशका अन्तिम राजा हुन्, जसको जीवनमा आधारित चलचित्र 'द लास्ट इम्पेरियर'ले ओस्कर जितेको थियो। सन् १९०६ मा जन्मिएका पुईको २ वर्षको उमेरदेखि शासनकाल सुरु भएको थियो।
सन् १९०६ मा जन्मिएका पुई चीनको छिङ वंशका अन्तिम सम्राट थिए, जसले दुई वर्षको उमेरमा आफ्नो शासन सुरु गरेका थिए। सन् १९४५ को दोवस्रो विश्वयुद्धमा जापान पराजित भएपछि शोभियत संघको सेनाले पुईलाई शेनयाङ एयरपोर्टबाट पक्राउ गरेको थियो।
उनलाई युद्धबन्दीका रूपमा रूसको खाबारोभस्को जेलमा ५ वर्षसम्म थुनिएको थियो। त्यसक्रममा पुईले उक्त घडी रसियन दोभासे जर्जी पेम्यार्कोभलाई उपहार दिएका थिए।
                                    
                                © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij